२०८३, आश्विन २ गते

Sep 18 2026

नेपालमा पहिलो पटक निरन्तर स्वास्थ्य शिविर सञ्चालन गर्ने सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा सम्मानित

नेपालमा पहिलो पटक निरन्तर स्वास्थ्य शिविर सञ्चालन गर्ने सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा सम्मानित

रोज नेपाल
आइतवार, भाद्र १ २०८२
रोज नेपाल
आइतवार, भाद्र १ २०८२
  •  काठमाडौं /दिनेश लामिछाने

    नेपालमा पहिलो पटक लगातार ३१ दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा विशेष प्रमाणपत्रसहित सम्मानित भएका छन्।

    विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिद्वारा राजधानीमा सम्पन्न अन्तर्राष्ट्रिय महाधिवेशनका अवसरमा थापालाई समाजसेवामा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो। ३१ दिन निरन्तर स्वास्थ्य शिविर साउन महिनाभरि ३१ दिन लगातार थापाले पाँच प्रतिष्ठित अस्पताललाई संलग्न गराएर स्वास्थ्य शिविर सञ्चालन गरे।

    ॐ समाज डेण्टल अस्पताल,ग्रीन सिटी अस्पताल,बी.पी. स्मृति अस्पताल,ईसान महिला तथा बाल अस्पताल,स्तुपा अस्पताल,यी पाँचै अस्पताललाई संलग्न गराई सञ्चालन भएका शिविरहरूमा हजारौं बिरामी लाभान्वित भए।

    शिविर सम्पन्न भएपछि थापाले सबै अस्पताललाई आफ्नै हातबाट कदर पत्र प्रदान गर्दै सहयोगको लागि धन्यवाद व्यक्त गरे। किन समाजसेवा? बाल्यकालदेखि नै स्वास्थ्य र शिक्षामा असमान पहुँच देखेका थापाले पत्रकारिताको माध्यमबाट यथार्थ उजागर गर्दै आएका छन्। तर “समस्या देखाउनु मात्र हैन, समाधानको लागि काम गर्नु पनि आवश्यक हुन्छ” भन्ने विश्वासका कारण उहाँ समाजसेवामा सक्रिय बने।

    स्वास्थ्य शिविरमार्फत प्रत्यक्ष जनताको जीवनमा असर पुर्याउन सकिने देखेपछि उहाँले यस अभियानलाई आफ्नो जीवनकै अभिन्न अंश बनाएका छन्। समाजलाई फाइदा थापाले सञ्चालन गरेका शिविरहरूले सामान्य उपचारसँगै दीर्घकालीन स्वास्थ्य सचेतना पनि बढाएको छ।

    विद्यार्थी, अभिभावक र समुदायलाई स्वास्थ्य परीक्षणको महत्व बुझ्न सहयोग पुगेको छ। विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई यस्तो अभियानले ठूलो राहत पुर्याएको छ।

    भविष्यको योजना “गएको वर्षको तुलनामा यसपटक मैले दोब्बर स्वास्थ्य शिविर आयोजना गर्न सफल भएको छु,” थापाले आफ्ना सम्पादकसँग बताएका छन्। आगामी वर्ष यसलाई अझ व्यापक बनाउँदै, शिक्षा र वातावरण संरक्षणसँग जोडिएका सामाजिक अभियानलाई पनि अघि बढाउने योजना उहाँको छ।

    कदर र अपेक्षा संघका पदाधिकारीहरूले थापाको योगदानलाई आदर्श व्यक्तित्वका रूपमा व्याख्या गर्दै उहाँले अझ ठूलो स्तरमा समाजसेवा, संस्कृतिको संरक्षण र पर्यावरण संरक्षणमा निरन्तरता दिने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij