२०८३, आश्विन २ गते

Sep 18 2026

२६ सय माथि रहेरै बन्द भयो बजार, वित्त कम्पनीमा झुम्मिए लगानीकर्ता

२६ सय माथि रहेरै बन्द भयो बजार, वित्त कम्पनीमा झुम्मिए लगानीकर्ता

बुधवार, कार्तिक २० २०८२
बुधवार, कार्तिक २० २०८२
  • काठमाडौं ।   मंगलबार २६ सय विन्दुभन्दा केही तल ओर्लिएको नेप्से परिसूचक बुधबार यो विन्दु माथि नै रहेर बजार बन्द भएको छ। 

    नेप्से परिसूचक १२.१७ अंकले घटेर २६०७ विन्दुमा आइपुगेको हो। 

    यसदिन कारोबार रकम भने घटेको छ। मंगलबार पाँच अर्ब १५ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार चार अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको हो।  

    कारोबारमा आएकामध्ये होटल र सामूहिक लगानी कोष समूह मात्रै घटेका छन्। बढ्नेमध्ये वित्त समूह सबैभन्दा धेरैले बढेको छ। यो समूहमा ३.४१ प्रतिशतले वृद्धि भएको हो।

    यसदिन तीन सय १२ लगानी उपकरण कारोबारमा आउँदा एक सय ६४ वटाको मूल्य बढेको छ। एक सय २३ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ। 

    मंगलबारबाट कारोबारमा आएको माबिलुङ्ग इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। 

    बजार बन्द हुँदा कम्पनीको मूल्य तीन सय ८४ रूपैयाँ पुगेको छ। 

     

    फस्ट माइक्रोफाइनान्सको सेयर मूल्य ७.४८ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता आठ सय ७८ रूपैयाँमा अन्तिम कारोबार भएको छ। 

    यसदिन युनियन हाइड्रोको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको ३८ करोड ६१ लाख रूपैयाँको सेयर किनबेच भएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij