काठमाडौं । पछिल्लो समय आफ्नो जन्मदिन मनाउन केक काटेर रमाईलो गर्ने परम्परा बढ्दै गएको अवस्थामा यो बिकृती हो यसलाई हटाउनु पर्छ भनेर एउटा पंति अघिसरेको देखिएको छ ।
प्राकृतिक असन्तुलनको कारण मानव जीवनमा पर्ने नकारात्मक प्रभाव लाई न्यूनिकरण गर्न र स्वस्छ वातावरण निर्माण गर्न रुख बिरुवाको महत्वलाई बुझ्ने हरुले आफ्नो जन्मदिनमा एउटा मात्र बिरुवा रोप्ने हो भने पनि पृथ्वी हराभरा हुन खासै समय नलाग्ने बृक्षारोपण अभियानमा संलग्न अभियन्ताहरुले बताउनु भएको छ ।
समाजवादी खेलकुद महासंघकी उपाध्यक्ष राधिका हमालको जन्मदिनको अवसरमा बृक्षारोपण गर्न पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पशुपतिको भण्डारखालमा पुग्नु भएको थियो ।
सो अवसरमा समाजवादी खेलकुद महासंघका पदाधिकारी तथा लायन्स क्लबका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
जन्मदिनमा बृक्षारोपण अभियानको अभियन्ता गोविन्द चौलागाईको प्रेरणाले आफु पनि यो अभियानमा जोडिएको भन्दै समाजवादी खेलकुद महासंघकी उपाध्यक्ष राधिका हमालले अन्य रमाईलो भन्दा पनि समाजलाई रुपान्तरण गर्ने अभियान भित्रनै रहेर यस्ता कामहरु गर्दा अझ खुसी मिल्ने भएकोले सबैलाई आफ्नो जन्म दिनमा एउटा रुख रोप्न आग्रह गर्नु भयो ।
कार्यक्रममा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले यस्ता सामाजिक कार्यहरुले सधैं आफुलाई उर्जा मिल्ने भन्दै समाज रुपान्तरण हामि सबैको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।