२०८३, आश्विन २ गते

Sep 18 2026

पार्टी एकताकै दिन ६ नेतालाई माधव नेपालले गरेका थिए कारबाही

पार्टी एकताकै दिन ६ नेतालाई माधव नेपालले गरेका थिए कारबाही

बिहिवार, कार्तिक २१ २०८२
बिहिवार, कार्तिक २१ २०८२
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताकै दिन ६ जना नेतालाई कारबाही गरेका छन्।

    पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने भन्ने निर्णयको उल्लघंन गरी भेला तथा पत्रकार सम्मेलन गरेको भन्दै बुधबार घनश्याम भूसाल, रामकुमारी झाक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला, कृष्ण कुमार श्रेष्ठ (किसान)लाई  पार्टी सदस्य पनि नरहने गरी कारबाही गरेका थिए।

    बुधबार नै एकीकृत समाजवादीसहितका १० वाम दलले पार्टी एकता गरेका थिए।

    ‘पार्टी निर्णयको उल्लघंन गरी गतिविधि गर्नु पार्टी विधानको धारा १२० को उल्लघंन भएकाले त्यस खालको गतिविधिमा संलग्न हुनु भनेको पार्टी विरोधी कार्य भएकाले त्यस्ता कार्यमा संलग्न तपशिल बमोजिमका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहने गरी कारबाही गर्ने निर्णय केन्द्रीय सचिवालयको २०८२ कात्तिक १९ गते बसेको बैठकबाट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    भूसाल अहिले पार्टी पुनःगठनमा लागेका छन्। रामकुमारी झाक्री सहितका नेता एमाले फर्कने तयारी गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij