२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

     

    बैठकमा आज हुने उपसभामुखको निर्वाचन र अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जानकारी दिएको छ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन् ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ । आज ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुँदै छ ।

     

    तर प्रतिनिधि सभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत (१८२ सिट) भएकाले उसको समर्थन पाएको रुबी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij