२०८३, आश्विन २ गते

Sep 18 2026

कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार छिर्न पाउने

कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार छिर्न पाउने

रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । सरकारले आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो ।

     

    त्यसअघि कानुन व्यवयासीहरू नेपाल बार एशोसियसनले दिएको परिचयपत्रकै आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउँथे । बार एसोसिएसनसहित कानुन व्यवसायीले विरोध जनाएपछि अहिले फेरि परिचयपत्रबाटै प्रवेश अनुमति दिइएको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए ।

    ‘सुरक्षा निकायले हामीलाई फेरि परिचयपत्रकै आधारमा मिल्ने जानकारी गराएको छ,’ उनले भने । सरकारले अब सिंहदरबार प्रवेशका लागि मापदण्ड समेत बनाउने तयारी गरेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij