२०८३, आश्विन २ गते

Sep 18 2026

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

     

    बिहान ११ बजे बस्ने विकास समितिको बैठकमा समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल हुने छ । त्यस्तै यस समितिको सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

    यता दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । समितिको सभापतिमा हालै पूजा चौधरी निर्वाचित भएकी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij