२०८३, आश्विन २ गते

Sep 18 2026

बाढीपहिरोले काठमाडौं–हेटौंडा जोड्ने दुई सडकखण्ड अवरुद्ध

बाढीपहिरोले काठमाडौं–हेटौंडा जोड्ने दुई सडकखण्ड अवरुद्ध

रोज नेपाल
शुक्रवार, भाद्र ६ २०८२
रोज नेपाल
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौँ ।  काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध भएका छन् । मकवानपुर प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित भ¥याङ डाँडा र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका–१ स्थित बागझुरामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथ सडक खण्डमा गिटी बालुवासहितको भेलबाढी आउँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

    यसैगरी वर्षाका कारण सडकमाथिबाट ढुंगामाटो सहितको पहिरो खस्दा कान्तिलोकपथ सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो गएर सडक अवरुद्ध बनेको खबर थाहा पाउने बित्तिकै सडक खुलाउन प्रहरी टोली परिचालन भएको छ । तर पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij