२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपा सचिवालय बैठक भोलि बस्दै पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित छलफल हुने

रास्वपा सचिवालय बैठक भोलि बस्दै पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित छलफल हुने

रोज नेपाल
शनिवार, बैशाख ५ २०८३
रोज नेपाल
शनिवार, बैशाख ५ २०८३
  • काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको बैठक आह्वान गरेको छ । पार्टी सभापति लामिछानेले भोलि (वैशाख ६ गते) दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन् ।

    बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषय समेटिएका छन् ।

    त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि बैठकको महत्वपूर्ण एजेण्डामा राखिएको छ । पार्टीले विज्ञहरू तथा परियोजना प्रस्तावका लागि आह्वान गर्ने विषयसमेत छलफलमा समावेश गरिएको छ ।

    बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा पनि निर्णय हुने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij