२०८३, आश्विन २ गते

Sep 18 2026

मेगा रक्तदान अभियान अन्तरगत ग्रीन सिटी हस्पिटलबाट ७० प्रिन्ट रगत संकलन

मेगा रक्तदान अभियान अन्तरगत ग्रीन सिटी हस्पिटलबाट ७० प्रिन्ट रगत संकलन

रोज नेपाल
शुक्रवार, भाद्र ६ २०८२
रोज नेपाल
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । ब्रह्माकुमारी राजयोग नेपाल समाजसेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान सन्चालन  भएको छ । 
    रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ । 
    रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 
    यस कार्यक्रममा बिभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका संघ संस्था संगको सहकार्यमा कार्यक्रम सन्चालन गरिएको छ । 
    यसैबिच काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा आज पहिलोदिन ग्रीनसिटी हस्पिटलको प्रागणमा भएको बृहत रक्तदान कार्यक्रममा ७० प्रिन्ट रगत संकलन भएको आयोजक पक्षले जनाएको छ । 
    महाराजगन्जमा रहेको मेट्रो अस्पतालले सन्चालन गरेको मेट्रो ब्लड बैंक को प्राबिधिक सहयोगमा सन्चालन भएको रक्तदान कार्यक्रम अझै तिन दिन सम्म निरन्तर चल्ने आयोजक पक्षले जनाएको छ । 
    कार्यक्रममा सह आयोजकको रुपमा ब्लोदान काठमाडौं जिल्ला मध्यक्षेत्र , चक्रपथ सरसफाई महाअभियान तथा रोटरी क्लब अफ काठमाडौं डाउनटाउन रहेका छन् भने सहयोगी संस्थाको रुपमा यती हेल्थ साईन्स् एकेडेमी महाराजागन्ज — ३ तथा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल रहेका छन् । 
    यस्तै कार्यक्रमको मिडिया सपोर्टरको रुपमा तुफान न्यूज डटकम, नेपाली मिडिया अनलाईन टि भी ,राष्ट्रिय खबर डटकम तथा रोज नेपाल अनलाईन टिभी रहेका छन् । 
    लगातार चल्ने उक्त कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले गरिरहेका छन् भने प्राबिधिक तर्फ कार्यक्रमका सह आयोजकको रुपमा रहेको ब्लोदान काठमाडौं जिल्ला मध्यक्षेत्रका अध्यक्ष आरबि ठकुरीले व्यवस्थापन गरिरहनु भएको छ ।
    ग्रीन सिटी हस्पिटलका अध्यक्ष तथा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन तथा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीकी मुख्य सन्चालिका ब्रह्माकुमारी श्रृजना का अनुसार ४ दिनमा ४०० प्रिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ । 
    कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न बिभिन्न शैक्षिक संस्था, नेपाल प्रहरी ,ससश्त्र प्रहरी बल तथा नेपाली सेना र अन्य स्थानिय संघ संस्था संग सहयोगको लागि पहल समेत गरिएको छ । 
    मेगा रक्तदान अभियानमा सहभागि हुन आयोजक तथा सहआयोजक संस्थाहरुले आम नागरिकहरुमा अपिल समेत गरेका छन् । 


     


    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij