२०८३, आश्विन २ गते

Sep 18 2026

गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

रोज नेपाल
सोमवार, बैशाख ७ २०८३
रोज नेपाल
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरेर मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका हुन्।

     

    ‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ,’ मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’

    गृहमन्त्री गुरुङविरुद्ध विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ।

     
     
     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij