२०८३, आश्विन २ गते

Sep 18 2026

कृषिजन्य उत्पादन अब सिधै बजारको पहुँचमा पुर्याउन पाउने

कृषिजन्य उत्पादन अब सिधै बजारको पहुँचमा पुर्याउन पाउने

रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा किसानले अब उत्पादन सिधै बजारसम्म पुर्‍याउन सक्ने व्यवस्था लागू हुने भएको छ।

    मन्त्रीस्तरीय निर्णयअनुसार कृषकको बजार पहुँच सहज बनाउन बिचौलिया तह घटाइने र किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने प्रणाली विकास गरिनेछ। यसका लागि कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ अन्तर्गत सञ्चालित ११ वटा कृषि थोक बजार, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय हाटबजारमा किसान सेड (बिक्री स्थल) अनिवार्य रूपमा व्यवस्थित गरिनेछ।

    निर्णयअनुसार थोक बजारमा कम्तिमा १० प्रतिशत स्टल किसान समूह वा सहकारीलाई अनिवार्य रूपमा उपलब्ध गराइनेछ भने स्थानीय हाटबजारमा ५० प्रतिशत क्षेत्र स्थानीय उत्पादन बिक्रीका लागि छुट्याइनेछ। साथै, किसान सेडको संरचना भए/नभएको अनुगमन गरी तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाइनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij