२०८३, आश्विन २ गते

Sep 18 2026

तरकारी र फलफूलको आजको बजार मुल्य

तरकारी र फलफूलको आजको बजार मुल्य

रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
  •  काठमाडौं । बैशाख १०,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

    समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५, आलु रातो प्रतिकिलो २६ र आलु रातो (भारतीय) प्रतिकिलो २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रहेको छ ।

     गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो ४५, बन्दा (तराई) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ४०, सेता मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६०  भएको छ ।

    बोडी (तने) प्रतिकिलो ५०, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३०, राजमा प्रतिकिलो ११०, भटमास कोसा प्रतिकिलो १८०, तीते करेला प्रतिकिलो ९०, लौका प्रतिकिलो ३०, परवर प्रतिकिलो ८०, परवर (तराई) प्रतिकिलो ८०, चिचिन्डो प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

    घिरौँला प्रतिकिलो ३०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो ६०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ६० कायम गरिएको छ ।

    रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी १००, चमसुर प्रतिकिलो ८०, तोरीसाग प्रतिकिलो ४०, मेथी प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ८०, बकुला प्रतिकिलो ६०, च्याउ (कन्य) प्रतिकिलो २२०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

    यसैगरी, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४५०, खुर्सानी (हरियो) प्रतिकिलो १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, माछे खुर्सानी प्रतिकिलो ८०, खुर्सानी अकबरे प्रतिकिलो ५००, भेडे खुर्सानी प्रतिकिलो ८०, हरियो लसुन प्रतिकिलो ८० रुपैयाँ रहेको छ ।

    स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन २५०, अनार प्रतिकिलो ४००, अङ्गुर (हरियो) प्रतिकिलो २४०, अङ्गुर (कालो) प्रतिकिलो ३८०, तरबुजा हरियो प्रतिकिलो ४५, भुइँकटहर प्रतिगोटा २५० रुपैयाँ तोकिएको छ ।

    काँक्रो (लोकल) प्रतिकिलो ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो ४०,खकटहर प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ८०, मेवा (भारतीय) प्रतिकिलो ९० र किबी प्रतिकिलो ४५० र एभोकोडो प्रतिकिलो ८०० निर्धारण गरिएको छ ।

    हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १३०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० र ताजा माछा (छडी) प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij