२०८३, आश्विन २ गते

Sep 18 2026

काभ्रेमा चोरको बिगबिगी

काभ्रेमा चोरको बिगबिगी

रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
  • काभ्रे। बनेपा नगरपालिका–तिनदोबाटो क्षेत्रमा बिहीबार बिहान करिब ८:०० बजेको समयमा ढोका फोड्ने प्रयास गरिरहेका एक व्यक्तिलाई स्थानीयवासीले पक्राउ गरेका छन्।

    स्थानीयका अनुसार ती व्यक्ति एक घरको ढोका जबर्जस्ती फोड्दै गरेको अवस्थामा रंगेहात फेला परेपछि आसपासका बासिन्दाले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएपछि उनलाई भाग्न नदिन नजिकैको बिजुलीको पोलमा बाँधेर राखिएको थियो।

    घटनापछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। खबर पाएको केहि समयपछि प्रहरी टोली घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लगेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij