२०८३, आश्विन २ गते

Sep 18 2026

ढुंगाले हिर्काएर छिमेकीको हत्या

ढुंगाले हिर्काएर छिमेकीको हत्या

रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
  • पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ-७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    उनलाई आफ्नै छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको बताइएको छ।

    घटना बुधबार साँझ भएको  घटनापश्चात् आरोपित हरिचन्द्रलाई नियन्त्रणमा लिइएको छ भने मृतकको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।
    यवा र योक्पाङदेनबिच के विषयमा विवाद भएको थियो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij