२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपाले गर्यो “उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लव ” गठन

रास्वपाले गर्यो “उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लव ” गठन

रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तह निर्वाचनकोउम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने उद्देश्यसहित पार्टीले ७ सदस्यीय समिति गठन गर्दै देशभरका संरचनाबाट सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको छ ।

    पार्टीको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लव सम्पादन समिति” गठन गरिएको हो ।

    समितिमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना सचिव रहेका छन् भने सदस्यहरूमा समीक्षा बास्कोटा, के.पी. खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की (रोहन) रहेका छन् ।

    समितिको वैशाख १० गते बसेको बैठकले उम्मेदवार छनोट रूपरेखा तयार गर्न वडा, पालिका, जिल्ला र प्रदेश तहबाट व्यवहारिक तथा व्यवस्थित सुझाव संकलन गर्ने निर्णय गरेको छ ।

    निर्धारित कार्यतालिकाअनुसार वैशाख १४ गते वडा तहमा छलफल गरी पालिकामा, वैशाख १६ गते पालिकाबाट जिल्लामा, वैशाख १७ गते जिल्लाबाट प्रदेशमा र वैशाख १८ गते प्रदेशबाट केन्द्रमा सुझाव पठाइने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij