२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाल टेलिकमद्वारा समर अफर सार्वजनिक

नेपाल टेलिकमद्वारा समर अफर सार्वजनिक

रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौं । नेपाल टेलिकमले समर अफर ल्याएको छ । टेलिकमले विभिन्न आकर्षक प्याक र सुविधा उपलब्ध अफर ल्याएको हो । कम्पनीका अनुसार प्रिपेड मोबाइलमा उपलब्ध यो अफरमा नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु छन् । 

    सबै प्याकेजको अवधि ३० दिन हुनेछ । भ्वाइस प्याकअन्तर्गत ३० दिन सबै नेटवर्कमा कल गर्न सकिने (अलनेट) सुविधा उपलब्ध छ । टेलिकमले आफ्नो डाटा तथा कम्बो प्याकेजलाई पनि थप आकर्षक बनाएको छ ।

    जसअन्तर्गत ९९९ रुपैयाँमा अनलिमिटेड अलनेट भ्वाइस प्याक, मासिक तीन सय जीबी डाटा र अलनेट एसएमएस सुविधा उपलब्ध छ । यस्तै, ७९९ रुपैयाँमा अनलिमिटेड अलनेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अलनेट एसएमएस सुविधा उपलब्ध हुनेछ । 

    डाटा प्याकअन्तर्गत ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा एक सय जीबी डाटा प्याक पाइने टेलिकमले जनाएको छ । साथै, ५९९ रुपैयाँमा प्रतिदिन २ जीबी र ३४९ रुपैयाँमा प्रतिदिन एक जीबी प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ । 

    अनलिमिटेड प्याकेजअन्तर्गत टेलिकमले २५ रुपैयाँमा एक घण्टासम्म चलाउन मिल्ने भ्वाइस र डाटा सुविधा ल्याएको छ । ९९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन चलाउन मिल्ने पाँच एमबीपीएस डाटा प्याकेज पनि यसैअन्तर्गत उपलब्ध छ । 

    टेलिकमले नाइट, कम्बो, बन्डल्ड, एडअन, सीयूजी, एसएमएस, एफटीटीएचजस्ता आकर्षक प्याकसमेत ल्याएको छ । यो अफर भोलिदेखि लागू हुनेछ । टेलिकमको वेबसाइटमार्फत यसबारे विस्तृत जानकारी र सेवा खरिद गर्न सकिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij