काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुमबासी बस्तीमा डोजर चलाएर खाली गराएको छ ।
महानगरपालिकाले प्रहरीको सहयोगमा बस्ती भत्काएपछि त्यहाँका २७ परिवारका ८९ जनालाई अस्थायी शिविरमा स्थानान्तरण गरिएको जनाएको छ ।
काठमाडौँ महानगरका अनुसार थापाथली र गैह्रीगाउँ दुवै स्थानका हालसम्म २७ परिवारका ८९ जनालाई सुन्दरीघाट राधास्वामी सत्संग आश्रममा पुर्याइएको छ ।
अव्यवस्थित बस्तीहरूबाट भूमिहीन र घरवारविहीन भएकाहरूलाई भने दशरथ रंगशाला ल्याएर स्क्रिनिङ्ग काम भइरहेको छ । सरकारले सुकुमबासीहरूका लागि काठमाडौँका पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।