२०८३, आश्विन २ गते

Sep 18 2026

पर्यटन प्रवद्र्धनका लागि एनएफपिजेका फोटोपत्रकार टोली बंगलादेश प्रस्थान

पर्यटन प्रवद्र्धनका लागि एनएफपिजेका फोटोपत्रकार टोली बंगलादेश प्रस्थान

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  •  
    काठमाडौं राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त को नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश फोटोपत्रकार संघ को निमन्त्रणमा बंगलादेश प्रस्थान गरेको छ ।
    केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका तीन सदस्यसहितको उक्त टोलीले नेपाल–बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहँदै आएको फोटोपत्रकारिता मार्फतको भाइचारा सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
    टोलीले बंगलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गर्नेछ । प्रदर्शनीमा नेपालको पर्यटकीय तथा सांस्कृतिक क्षेत्र झल्काउने ४० वटा तस्बिर राखिने कार्यक्रम रहेको समूहले जनाएको छ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नु रहेको छ ।
    त्यसैगरी, बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोपत्रकारिता सेमिनारमा पनि नेपाली टोलीले सहभागिता जनाउनेछ । उक्त सेमिनारमा अध्यक्ष वन्तले नेपालको समग्र फोटोपत्रकारिता तथा एसियाली सन्दर्भमा यसको अवस्था र चुनौतीबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
    टोलीले ‘आईएचआई फोटोजर्नलिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा पनि सहभागिता जनाउनेछ । भ्रमणका क्रममा टोलीले कक्स बजार, चिट्टगाउँ र ढाका लगायतका प्रमुख पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
    यस प्रकारका आदान–प्रदान कार्यक्रमले दुई देशबीचको पेशागत सम्बन्ध मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij