२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाल उद्योग ब्यापार महासंघ बागमति प्रदेशको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सन्तोष पौडेल निरन्तर

नेपाल उद्योग ब्यापार महासंघ बागमति प्रदेशको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सन्तोष पौडेल निरन्तर

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाण्डौ । नेपाल उद्योग ब्यापार महासंघ बागमति प्रदेशको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

    आइतबार काठमाण्डौमा भएको अधिवेशनले सन्तोष पौडेल निरन्तरको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


    अधिवेशनले महाँसंको बरिस्ठ उपाध्यक्ष सिताराम दाहाल, उद्योग उपाध्यक्ष भरत प्रसाद न्यौपाने, बाणिज्य उपाध्यक्ष बिमला दाहाल, खुला उपाध्यक्ष नरहरि घिमिरे, महिला उपाध्यक्ष दयालक्ष्मि महर्जन, महासचिब रबिन सिलवाल चयन गरेको छ । यस्तै कोषाध्यक्षमा सागर गिरी सहकोषध्यक्ष शान्ति केसी उपमहासचिव रामशरण पौडेल सचिव दिपक कुमार कंडेल,मार्कण्डेय प्रसाद गौतम र शम्भुप्रसाद पाण्डे चयन भएका छन्


    समितिमा ७ महिला सदस्य, १३ जिल्लागत सदस्य र १९ खुला सदस्य सहित ५५ सदस्यिय कार्यसमिति निर्माण भएको छ। नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रका बरिष्ठ उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठ,वाणिज्य उपाध्यक्ष बावुराम पोखरेल, एसोसीएट उपाध्यक्ष यज्ञराज पन्त,खुल्ला उपाध्यक्ष रामजीप्रसाद बराल,प्रदेश उपाध्यक्ष ध्रुवबहादुर थापा ,महासचिव खिमनारायण पराजुली ,उपमहासचिव गिता पनेरु सहितले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा होटल व्यवसायी संघका केन्दिय अध्यक्ष शंकर भण्डारी, नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय अधिवेशन आयोजक समितिका सहसंयोजक याम श्रेष्ठ,सदस्य कुमार थापा लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।


    नेपाल उद्योग ब्यापार महासंघ बागमति प्रदेशका अध्यक्ष दिलबहादुर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव सन्तोष पौड्याल निरन्तरले गरेका थिए । कार्यक्रममा बाग्मति प्रदेश अन्तगतका १३ जिल्लाबाट प्रतिनिधित्व भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij