२०८३, आश्विन २ गते

Sep 18 2026

सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन समाजसेवी तथा व्यवसायी भरत पराजुलीकोे ५ हजार १ सय भोट

सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन समाजसेवी तथा व्यवसायी भरत पराजुलीकोे ५ हजार १ सय भोट

बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं । टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइलमा पुगेकी सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन समाजसेवी तथा व्यवसायी भरत पराजुलीले सार्वजनिक आह्वान गर्नु भएको छ  । 
    आफ्नै कार्यालयमा आमन्त्रण गरेर पराजुलीले गङ्गालाई जितको शुभकामना दिनुभएको हो ।
    ब्रह्मायणी जलविद्युत आयोजनाको कार्यालयमा पराजुलीले बिजयी हुनको लागि शुभकामना दिँदै आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । 
    फाइनल प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गङ्गालाई भोट गरेर जिताउन सिन्धुपाल्चोकका राजनीति दल सामाजिक व्यक्तित्व तथा सर्वसाधारणले सार्वजनिक आह्वान गरेका छन् ।  
    सहयोग स्वरुप पराजुलीले ५ हजार १ सय भोट र कार्यालयका अन्य सहकर्मीहरूको तर्फबाट १ हजार ४ सय १० भोट गरी जम्मा ६ हजार ५ सय १० भोट सहित शुभकामना व्यक्त गरिएको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij