लुम्बिनी । लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती मनाइएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको उपस्थितिमा ध्यान र पुजाआजा गरी बुद्ध जयन्ती मनाइएको हो ।
बुद्ध जयन्तीका अवसरमा मायादेवी मन्दिरको भित्र करिब एक घण्टा ध्यान र पुजाआजा भएको थियो । सभामुख अर्याल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेश), संघीय सांसद तौफिक अहम्मद खान, डा.लेखजंग थापा, सुलभ खरेल, पुनमकुमारी अग्रवाल, श्रद्धा कुँवर, अनुष्का श्रेष्ठ, ज्ञानु पौडेल, भिक्षु, भिक्षुणी, डोल्मासर, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी लगायत ध्यानसहित पुजाआजा गरेका थिए ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदुत गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनमा बुद्धजयन्ती मनाउने गरिन्छ । गौतमबुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण पनि वैशाख पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले विशेष दिनका रुपमा मनाउने गर्छन् ।
बौद्ध धर्मावलम्बीहरुले दान, ध्यान, प्रवचन लगायतका कार्य गरी बुद्ध जयन्ती मनाउने गर्छन् । तत्कालीन राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा जन्मेका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा निस्किएका थिए ।
बुद्ध जयन्तीका दिन वैशाख पूर्णिमामा लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी चलायमान बनेको छ ।कार्यक्रममा थेरबादी, महायानी र बज्रयानी सम्प्रदायबाट पूजाआजा र विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ५ हजार दीप प्रज्वलन गरेका थिए ।
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र नेपालकालागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि लिला पिटर्स याहिया,संघीय सांसदहरू, नेपाल भारत चीन सहित विभिन्न देशका धर्मवलम्विका साथ पत्रकार लेखक र अध्येताहरुको उल्लेख्यउपस्थिति रहेको थियो ।
श्याल्पा रिन्पोछेको परिकल्पना : विश्व शान्ति धाम,
नेपालले लुम्बिनी बाट विश्व शान्तिको सन्देश दिँदै “विश्व शान्ति धाम” निर्माणमार्फत वैश्विक स्तरमा सद्भावको पहल गरेको छ। लुम्बिनीमा मुठी दानबाट ५ अर्ब लगानीमा विश्व शान्ति सार्वभौमिक मन्दिर बनाउने बौद्ध धर्म गुरु श्याल्पा तेन्जिन रिन्पोछेले अभियान थालेका छन् ।
‘विश्व शान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एक साथ आउन सक्ने र शान्तिको सन्देश विश्वभर फैलाउँदै मानव कल्याण र हितको लागि काम गर्न सक्ने खुला मञ्च हुनेछ,’ उनले भने, ‘विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न विश्व शान्ति धामले संसारभरका नागरिकलाई शान्तिको मार्गमा लाग्न प्रेरित गर्नेछ ।’
विश्व शान्ति धाम निर्माणले लुम्बिनी क्षेत्रको मात्र नभई नेपालको प्रचार–प्रसार विश्वभर हुने र यहाँको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने धर्मगुरु रिम्पोछेले बताए । ।
‘पूर्ण मुक्तिको मार्ग’ लोकार्पण
धर्मगुरु श्याल्पा तेन्जिन रिम्पोछेको बहुप्रतीक्षित कृति ‘एबतज तय एभचाभअत ँचभभमयm’ को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लोकार्पण लोकार्पण भएको छ । बुध्दजयन्तिको अवसरमा लुम्बिनीमा एक कार्यक्रमको विच उक्त पुस्तक लोकार्पण गरीएको थियो ।