२०८३, आश्विन २ गते

Sep 18 2026

जर्मनीबाट ५ हजार सेना फिर्ता लैजाने तयारीमा अमेरिका

जर्मनीबाट ५ हजार सेना फिर्ता लैजाने तयारीमा अमेरिका

रोज नेपाल
आइतवार, बैशाख २० २०८३
रोज नेपाल
आइतवार, बैशाख २० २०८३
  • एजेन्सी । पेन्टागनले जर्मनीमा तैनाथ करिब पाँच हजार अमेरिकी सैनिक आगामी ६ देखि १२ महिनाभित्र फिर्ता लैजाने  निर्णय सार्वजनिक गरेको छ। यो निर्णय युरोपमा अमेरिकी सैन्य उपस्थितिको पुनरावलोकनसँगै बदलिँदो सुरक्षा अवस्थालाई ध्यानमा राखेर गरिएको जनाइएको छ।

    पेन्टागनका प्रवक्ताका अनुसार वर्तमान विश्व सुरक्षा परिदृश्य, सम्भावित युद्धक्षेत्रको प्राथमिकता र स्रोत व्यवस्थापनलाई ध्यान दिँदै सैनिक संख्या घटाउने नीति अघि सारिएको हो। यो कदमलाई केवल सैन्य रणनीतिमात्र नभई कूटनीतिक सन्देशका रूपमा पनि हेरिएको छ।

    यसैबीच, डाेनाल्ड ट्रम्पले जर्मनीप्रति कडा असन्तुष्टि जनाएपछि यो निर्णय थप चर्चामा आएको छ। उनले फ्रेइडिचकाे इरानसम्बन्धी अभिव्यक्तिलाई आलोचना गर्दै जर्मनीको भूमिकामाथि प्रश्न उठाएका थिए। मर्जले भने अमेरिका इरानसँगको सम्भावित द्वन्द्वमा स्पष्ट रणनीति बिना अघि बढिरहेको टिप्पणी गरेका थिए।

    यससँगै अमेरिका–युरोप व्यापार सम्बन्धमा पनि तनाव देखिएको छ। ट्रम्प प्रशासनले युरोपेली संघबाट आयात हुने सवारी साधनमा नयाँ भन्सार शुल्क बढाउने घोषणा गरेको छ, जसले विशेष गरी जर्मनीको अर्थतन्त्रमा प्रभाव पार्ने अनुमान गरिएको छ।

    दोस्रो विश्वयुद्धपछि जर्मनीमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति रहँदै आएको छ। हाल त्यहाँ करिब ३६ हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्। जर्मनीस्थित एक एयर बेसमा अमेरिकी युरोपेली कमान्ड र अफ्रिका कमान्डजस्ता रणनीतिक अड्डाहरू अमेरिकी सैन्य संरचनाका प्रमुख आधार हुन्।

    विश्लेषकहरूका अनुसार यो निर्णयले अमेरिका–जर्मनी सम्बन्धमा चिसोपन थप्न सक्छ। साथै, युरोपमा अमेरिकी सैन्य रणनीति पुनर्संरचना हुँदै गएको संकेतसमेत देखिएको छ, जसले भविष्यमा शक्ति सन्तुलन र सुरक्षा व्यवस्थामा नयाँ समीकरण ल्याउन सक्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij