२०८३, आश्विन २ गते

Sep 18 2026

काठमाडौंमा बाइक चोर्दै गरेको अवस्थामा सिन्धुपाल्चोकको एक युवक पक्राउ

काठमाडौंमा बाइक चोर्दै गरेको अवस्थामा सिन्धुपाल्चोकको एक युवक पक्राउ

आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं —  सवारी चोरी दिनानुदिन बढ्दै गइरहेको छ। त्यसैबीच आज दिउँसो एक युवक रंगेहात पक्राउ परेका छन्। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ घर भएका पासाङ शेर्पा नाम गरेका युवकले काठमाडौंमा पार्किङमा राखिएको  काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका १घर भएका  चक्रबहादुर तामाङको मोटरसाइकल पार्किङमा राखिएको अवस्थामा चोरी गर्न खोजिएको थियो ।

     स्थानियको सतर्कता र प्रहरीको सक्रियताका कारण उनी भाग्न नपाउँदै समातिएका हुन्।घटनापछि तत्कालै प्रहरी बृत बौद्धको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ। सार्वजनिक भएको तस्वीरमा रातो ज्याकेट लगाएका युवक हातकडीसहित प्रहरी नियन्त्रणमा देखिन्छन्, जसले राजधानीमा बढ्दो आपराधिक गतिविधिप्रति चिन्ता थपेको छ।

    स्थानीयबासीले भने, “दिनानुदिन  यस्तो घटना हुनु सुरक्षामाथि प्रश्न उठ्ने विषय हो,” भन्दै प्रहरीलाई थप सतर्कता अपनाउन आग्रह गरेका छन्।

    प्रहरीका अनुसार, पक्राउ परेका युवकलाई चोरी सम्बन्धी मुद्दामा आवश्यक कारबाही अघि बढाइएको छ। काठमाडौंमा सवारी साधन चोरीका घटनाहरू बढ्दै गइरहेको सन्दर्भमा यो घटना अर्को चेतावनीका रूपमा लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij