२०८३, आश्विन २ गते

Sep 18 2026

‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्णले मात्र रास्वपाको स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन पाउने

‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्णले मात्र रास्वपाको स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन पाउने

रोज नेपाल
आइतवार, बैशाख २० २०८३
रोज नेपाल
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने पार्टी सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने भएको छ ।

    केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनुपर्ने नियम बनाइएको हो ।

    पार्टी प्रवक्ता मनिष झाले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट उत्तीर्ण हुनैपर्ने निर्णय गरिएको बताए ।

    यसअघि रास्वपार्टीको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार छनौट रूपरेखा निर्माण समितिको तर्फबाट हस्तान्तरण गरिएको थियो ।
    विधानको भाग– १९ अन्तर्गत धारा– ६३ मा यसबारे स्पष्ट व्यवस्था गरेको छ, जसमा ‘सबै तहको निर्वाचनमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूको तोकिएबमोजिम सम्बन्धित तहमा उम्मेदवार क्लब हुने’ भनिएको छ ।
    यसअघिको बैठकबाट पार्टी सहमहामन्त्री विपिनकुमार आयार्चलाई उम्मेदवार क्लबका लागि आवश्यक संरचना बनाउन संयोजकको जिम्मेवारी तोकेको थियो । आचार्यले उम्मेदवार क्लबका लागि आवश्यक तयारी पूरा भएको र पार्टीका वडा कमिटीदेखि केन्द्रीय कमिटी, विभाग र आयोगसँग राय लिइएको प्रतिक्रिया दिएका थिए । 

    स्थानीय तहका उम्मेदवारलाई पारदर्शी बनाउन रास्वपाले विधानमै उम्मेदवार क्लब र  लिडरसिप एकेडेमीको व्यवस्था गरेको हो,  जसअनुसार पार्टीका सबै तहका समितिलाई जिम्मेवार बनाउन यसले भूमिका खेल्ने नेताहरूले विश्वास लिएका छन् । 

    आजै पार्टी सभापति रवि लामिछानेलाई आचार्य नेतृत्वको समितिले उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदासमेत बुझाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij