२०८३, आश्विन २ गते

Sep 18 2026

भारतीय राज्य तमिलनाडुका मुख्यमन्त्री स्टालिनले हारे चुनाव

भारतीय राज्य तमिलनाडुका मुख्यमन्त्री स्टालिनले हारे चुनाव

रोज नेपाल
बुधवार, बैशाख २३ २०८३
रोज नेपाल
बुधवार, बैशाख २३ २०८३
  • भारतीय राज्य तमिलनाडुका मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले विधानसभा चुनाव हारेका छन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार उनी कोलाथुर विधानसभा सिटमा टीभीकेका वीएस बाबुसँग ८ हजार ७९५ मतले हारेका हुन्।

    वीएस बाबुले ८२ हजार ९९७ मत प्राप्त गर्दा स्टालिनले ७४ हजार २०२ मत ल्याए। 

    स्टालिन २०११ देखि यो सिटमा विजयी भइरहेका थिए।

    स्टालिन आफ्नो सिट गुमाउने तमिलनाडुका चौथो बहालवाला मुख्यमन्त्री बनेका छन्।

    १९९६ मा जे. जयललिता हारेयता पहिलोपटक बहालवाला मुख्यमन्त्री पराजित भएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij