२०८३, भाद्र ३१ गते

Sep 16 2026

जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने (भिडियो)

जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने (भिडियो)

रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

    रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताउनुभयो ।

    “सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?” सभापति लामिछानेले प्रश्न गर्नुभयो । जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij