काठमाडौं । श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोपछी संसदमा श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले प्रश्न खडा गरेका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा साम्पाङले लिपुलेकमा भारतले नाका खोलेर चलाईरहँदा किन हाम्रो सरकार चुप छ भन्दै प्रश्न गरेका हुन् ।
‘लिपुलेकमा भारतमा नाका खोलेर चलाइरहेको छ । तर सरकार किन मौन छ ’ सांसद हर्क साम्पाङ राईले प्रश्न गरे ।
नेपाली सेनालाई सीमा सुरक्षामा पठाउनु छाडेर सुकुम्बासी बस्तीमा दादागिरी देखाउन पठाएको आरोप लगाए ।
साम्पाङले भने, ‘नेपाली सेनालाई सीमा सुरक्षामा पठाउन नसक्ने , सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्ने, सीमा बनाउन नसक्ने सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै देश बचाउन नसक्नु, जनताको बस्तीमा आगो लगाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’
आज देश अभिभावकविहीन बन्न पुगेकाले लाखौं सुकुम्बासीलाई बेघर बनाएर रुवाउने वा आत्महत्या गर्न बाध्य गराउने सरकार असफल भइसकेको महसुस भएको उनले बताए ।