२०८३, आश्विन २ गते

Sep 18 2026

तेह्रथुमको लालीगुराँस नगरपालिकाले दियो बाँदर धपाउन सार्वजनिक बिदा

तेह्रथुमको लालीगुराँस नगरपालिकाले दियो बाँदर धपाउन सार्वजनिक बिदा

रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
  • तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका लागि जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    नगरप्रमुख अर्जुन माबोहाङले जारी गरेको सूचनामा लेखिएको छ, ‘बाँदर खेद्नका लागि ठूलो सङ्ख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारको दिन अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा समेत जानकारी गराइन्छ ।’

    नगरपालिकाले वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंथापा पुच्छार क्षेत्रमा अस्थायी संरचनासहित बाँदर हेरालु समेत खटाएको छ ।

    बाँदरलाई सीमा कटाउन धेरै व्यक्ति खटिनुपर्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij