२०८३, आश्विन २ गते

Sep 18 2026

खेलकुद महासंघको सह-अध्यक्ष बड्तौला ले गरे नेकपाका सबै जिम्मेवारीबाट राजीनामा

खेलकुद महासंघको सह-अध्यक्ष बड्तौला ले गरे नेकपाका सबै जिम्मेवारीबाट राजीनामा

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)  निकट राजनीतिमा सक्रिय रहँदै आएका जनक बड्तौला ले पार्टीका सबै पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्।

    उनले आजकै मितिबाट पार्टीको कुनै पनि पदमा नरहेको घोषणा गर्दै बाँकी जीवन स्वतन्त्र रूपमा बिताउने निर्णय गरेको बताएका छन्।

    पार्टीको प्रदेश कमिटी सहित अखिल नेपाल खेलकुद महासंघको सह-अध्यक्षको जिम्मेवारीमा रहेका बड्तौला ले नेकपाका कार्यालय सचिव गणेशमान पुनलाई राजीनामा पत्र बुझाएको जानकारी दिएका छन्। लामो समयदेखि पार्टी गतिविधिमा सक्रिय रहेका उनले पछिल्लो समय आफूलाई पार्टीभित्र रहन उचित नलागेको उल्लेख गर्दै व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मानलाई प्राथमिकता दिँदै यस्तो निर्णय लिनुपरेको बताएका हुन्।

    उनले करिब साठी वर्षको जीवन अनुभवपछि अब स्वतन्त्र र शान्त जीवनयापन गर्ने चाहना व्यक्त गरेका छन्। पार्टीप्रति आफ्नो योगदान र साथ स्मरणीय रहने उल्लेख गर्दै उनले सबै सहकर्मी तथा शुभेच्छुकप्रति आभारसमेत व्यक्त गरेका छन्।

    राजनीतिक वृत्तमा बड्तौला को यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्रको पछिल्लो परिस्थिति र आन्तरिक असन्तुष्टिका बीच आएको उनको राजीनामाले राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij