२०८३, आश्विन २ गते

Sep 18 2026

२०८३ बैशाख ०८ को राशिफल हजुरहरुको दिन शुभ रहोस्

२०८३ बैशाख ०८ को राशिफल हजुरहरुको दिन शुभ रहोस्

रोज नेपाल
मंगलवार, बैशाख ८ २०८३
रोज नेपाल
मंगलवार, बैशाख ८ २०८३
  • आज मिति २०८३ वैशाख ८ गते मंगलबार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि, ८:४४ बजेपछि पञ्चमी। रोहिणी नक्षत्र, ८:२७ बजेपछि मृगशिरा (क्षय)। चन्द्रराशि वृष, १७:३६ बजेपछि मिथुन ।

     

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

     

    दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। नियमित काममा मनग्य फाइदा हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो काम सुरुवात हुनेछ।

     

    वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

     

    रमाइलो पारिवारिक भेट र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा लगाव बढ्नुका साथै रचनात्मक कार्य सम्पादन गर्ने समय छ। सानो प्रयत्नले काम बन्नेछ र कीर्तिमानी कामको यश लिने अवर प्राप्त हुनेछ। बाहिर आलोचना गर्नेहरूले पनि व्यवहारमा अवसर प्रदान गर्नेछन्। साँझतिर लाभ उठाउन सकिनेछ। आयस्रोत सबल बन्ने समय छ।

     

    मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा

     

    अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

     

    कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

     

    नयाँ काम थाल्ने र गरेका कामबाट लाभ उठाउने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। भौतिक साधनहरू प्राप्त हुनेछन्। साँझतिर काममा बाधा पुग्ने र खर्च बढ्ने सम्भावना देखिन्छ। सञ्चित रकम पनि बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दुस्ख पाइनेछ।

     

    सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

     

    प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले नयाँ काम गर्ने माहोल बन्नेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। सामाजिक कामको जिम्मेवारी पाइनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।

     

    कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

     

    केही समय अरूका काममा खर्चनुपरे पनि साथीभाइ र शुभचिन्तकको सहयोग जुट्नेछ। आजको मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। काममा जोश–जाँगर बढ्नेछ। सामान्य कामबाट पनि मनग्य लाभ उठाउन सकिनेछ। नयाँ काम गर्ने अवसर जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।

     

    तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

     

    व्याहारिक समस्याले योजना रोकिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। काम रोकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ।

     

    बृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

     

    साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ।

     

    धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

     

    प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्रप्त हुने समय छ।

     

    मकर : भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

     

    सुरुमा अपेक्षित फाइदा उठाउन नसकिए पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले बिस्तारै लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।

     

    कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

     

    कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ। साँझदेखि व्यापारमा फाइदा र अध्ययनमा प्रगति हुनेछ।

     

    मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

     

    साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। साँझतिर सम्बन्ध बिग्रनाले साथीभाइ टाढिन सक्छन्। आफन्तसमेत टाढिने भयले सताउन सक्छ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij